‘छोराले न्याय नपाउनेबेलासम्म श्रद्धाञ्जली दिँदैन भन्नु हुन्थ्यो, अहिले तपाईं नै सांसद हुनुहुन्छ, अनि श्रद्धाञ्जली दिनु भयो त ?’
barnanmedia.com · Tue Sep 08 05:15:46 GMT 2026

सहिद रसिक खतिवडाकी आमा रचना खतिवडाले भनेकी थिइन्, “त्यो आइतबारको साँझ अझै मेरो आँखामा झलझली नाच्छ। छोराको बाबा धादिङबाट आउनुभएको थियो। हामी तीनजना बसेर चिया पिउँदै थियौँ। छोराले भन्यो, "बाबा, भोलि हाम्रो आन्दोलन छ, हामी जानुपर्छ।" अघिल्लो दिन मात्र नानीले "मम्मी, भाइलाई बाहिर नपठाउनु है" भनेकी थिई। मैले डराउँदै उसलाई रोक्न खोजेँ, "बाबु, नजाऊ है, तिमी कहिल्यै यस्तोमा गएको छैनौ।" तर उसले दृढ हुँदै भन्यो, "हैन मम्मी, हामीले समर्थन दिनुपर्छ, देशको लागि जानुपर्छ।" म रिसाएर त्यहाँबाट निस्किएँ। मलाई के थाहा, त्यो उसको अन्तिम जिद्दी हुनेछ भनेर!
भोलिपल्ट बिहान ८ बजेतिर उ उठेर आयो। "मामू, दूध तताइदिनु न," उसले भन्यो। दूध खाँदै मोबाइलमा दसैँको सपिङका कुरा गर्यो। "यो लुगा किन्ने, मम्मी जुत्ता कस्तो किनिदिनुहुन्छ? दिदी आएपछि त म यो गर्छु, त्यो गर्छु..." उसले कति सपना बुनेको थियो। म भान्छामा खाना बनाउँदै थिएँ, उ डाइनिङ टेबलमा बसेर गफिँदै थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)