तस्करले मल ल्याउन सक्छन् तर सरकार सक्दैन
ekantipur.com · Sun Jun 19 01:01:18 GMT 2022
धादिङ — गहुँ र सिमेन्टको प्रज्ञापनपत्र लिएर भारतबाट ल्याइएको दुई ट्रक रासायनिक मल शनिबार धादिङको धुनिबेसी नगरपालिका–६ धार्केमा किसानले खोसेका छन् । राजस्व अनुसन्धान विभागको टोलीले शुक्रबार नियन्त्रणमा लिएर सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन शिक्षालय कुरिनटार ब्यारेकमा राखेको मल शनिबार सशस्त्र प्रहरीकै पहरामा काठमाडौं लैजाने क्रममा किसानले खोसेका हुन् ।
भारतबाट शुक्रबार वीरगन्ज भन्सार हुँदै प्रवेश गरेका ट्रकले गहुँ र सिमेन्टको प्रज्ञापनपत्र लिएका थिए । दुवै ट्रकमा माथि सिमेन्ट र गहुँ राखेर मल छोपिएको थियो, जसलाई भन्सारका अधिकारीले सजिलै पास गरिदिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)