विश्वकप फुटबलको प्रशारणमा गरिएको सिण्डिकेट र चर्को शुल्कको संसदमा विरोध
corporatenepal.com · Tue Jun 16 06:13:24 GMT 2026

काठमाडौं । फिफा विश्वकप फुटबल हेर्न चर्को शुल्क उठाएको विषयमा संसदमा विरोध भएको छ । नेपाली कम्युनिष्ट पार्टीका सांसद प्रमेश हमालले विश्वकपको प्रत्यक्ष प्रशारण निःशुल्क गर्न माग गरेका छन् ।
उनले विश्वकप प्रतियोगिताको प्रसारण आम नागरिकको पहुँचमा सहज बनाउनुपर्ने बताउँदै विश्वकप हेर्नका लागि दर्शकले ९९९ रुपियाँ शुल्क तिर्नुपर्ने व्यवस्था सबै नागरिकको पहुँचमा नरहेको बताए । एस्प्रो मिडिया र हिमालयन टेलिभिजनले सिण्डिकेट गरी विश्वकप हेर्न चर्को शुल्क अशुलीरहे पनि सरकारले यसलाई रोक्न सकेको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)
फिफा
काठमाडौँ