मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राप्रपा उपाध्यक्ष र केन्द्रीय सदस्यबाट बर्खास्त गिरी भन्छन्: ‘हतोत्साहित भएको छैन, जिम्मेवारी थप मजबुत भएको छ’

ratopati.com · Fri Jul 18 19:11:00 GMT 2025

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काे उपाध्यक्ष तथा केन्द्रीय सदस्यबाट बर्खास्त मुकुन्द श्याम गिरीले पार्टीले आफूलाई अन्यायपूर्वक बर्खास्त गरेको आरोप लगाएका छन्। शुक्रबार साँझ फेसबुकमार्फत सार्वजनिक अपिल जारी गर्दै गिरीले पार्टीले विधान विपरीत निर्णय लिएको दाबी गर्दै, उक्त निर्णयबाट आफू हतोत्साहित नभएको तर पार्टीप्रति आफ्नो जिम्मेवारी थप मजबुत बनेको बताएका छन्।

गिरीले लेखेका छन्, ‘पार्टीको स्थापनाकालदेखि नै मैले आफ्नो सम्पूर्ण ऊर्जाशील समय र समर्पण राप्रपाको हितमा लगाएको छु। आज ममाथि गरिएको अन्यायले दुःखी बनाएको छ, तर म हतोत्साहित भएको छैन। मेरो पार्टीप्रतिको जिम्मेवारी थप मजबुत भएको छ।’

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)