जेनजीको नाममा घुसपैठ भइरहेको छ : नेता बस्नेत
gorkhapatraonline.com · Sun Nov 23 17:55:28 GMT 2025

नेकपा (एमाले) का पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले जेनजीको नाममा घुसपैठ भइरहेको बताउनुभएको छ ।सामाजिक सञ्जाल फेसबुकमार्फत केही उदाहरण प्रस्तुत गर्दै नेता बस्नेतले सचेत हुन सबैलाई आह्वान गर्नुभएको छ ।
उहाँले आज विराटनगरमा आफू चढेको गाडीमा रङ छ्याप्नेदेखि एमाले नेता किसान श्रेष्ठको घरमा धम्क्याउन पुग्नेसम्म सबै जेनजीको नाममा घुसपैठ भएको बताउनुभयो । ‘विराटनगरमा ममाथि आक्रमण गर्ने नेपाल विद्यार्थी संघ महेन्द्र मोरङ क्याम्पसका इकाई सभापति सन्जोग गौतम र सदस्य अर्पित कुँवर हुन् भनेर कांग्रेसकै साथीहरूले बताएका छन्, त्यस्तै आरआर, कलेजमा कालो ज्याकेट देखाउने काभ्रेका नेकपा (एस) का बेथानचोक वडाका अध्यक्ष हुन्, बारा सिमरामा सरकारी कार्यालयदेखि निजी घरमा आगजनी गर्ने सम्राट उपाध्याय हुन्, नेता बस्नेतले लेख्नु भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)