विपत्तिमा देखिएको नेपाली मन र सहानुभूतिभन्दा माथि उठेको नेपाली समाज
annapurnapost.com · Tue Sep 08 05:36:33 GMT 2026

हिमालमा संकट पर्दा तराई दुख्छ। तराईमा बाढी आउँदा पहाड चिन्तित हुन्छ। पूर्वमा विपत्ति आउँदा पश्चिमबाट सहयोगको हात अघि बढ्छ। यो सम्बन्ध कुनै सरकारी आदेशले बनाएको होइन। यो नेपाली समाजको सामूहिक चेतनाले निर्माण गरेको सम्बन्ध हो।
प्रकृतिले भत्काएका घरहरू फेरि बनाउन सकिन्छ। बगेका सडक र पुल पनि पुनर्निर्माण गर्न सकिन्छ। खेतमा फेरि बाली लगाउन सकिन्छ। तर गुमेको जीवन फर्काउन सकिँदैन। त्यसैले कुनै पनि प्राकृतिक विपत्ति केवल भौतिक क्षतिको कथा होइन, त्यो मानवीय संवेदनाको पनि परीक्षा हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)