दिल्ली विस्फोट: तीन राज्यका ५०७ स्थानमा प्रहरी र एटीएसद्वारा छापा
ratopati.com · Wed Nov 12 22:32:00 GMT 2025

काठमाडौँ । दिल्ली बम विष्फोट घटनासँग सम्बन्धित व्यक्तिहरूलाई पक्राउ गर्न बुधबार जम्मु–कश्मीर, हरियाणा र उत्तर प्रदेशमा प्रहरी तथा एटीएसले ५०७ ठाउँमा एकैसाथ छापा मारेका छन्। जम्मु–कश्मीरमा प्रतिबन्धित संगठन ‘जमात-ए-इस्लामी’सँग सम्बन्धित १० जिल्लाका करिब ५०० स्थानमा छापा परेको बताइएको छ।
छापाको उद्देश्य आतंकवादसँग सम्बन्धित कागजात, डिजिटल उपकरण र अन्य प्रमाण सङ्कलन गर्नु रहेको अधिकारीहरूले जनाएका छन्। घाटीमा पछिल्ला चार दिनभित्र ५०० भन्दा बढी संदिग्धहरूसँग सोधपुछ भइसकेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)