मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

लमजुङको एक लाख ४९ हजार पशुले पाए खोप

gorkhapatraonline.com · Tue Jun 16 06:26:09 GMT 2026

लमजुङका सबै स्थानीय तहहरुमा चालु आर्थिक वर्षको पशु पूर्णखोप कार्याक्रम सम्पन्न भएको छ । जिल्लामा सञ्चालित पशु पूर्ण खोप कार्यक्रम अन्तर्गत पहिलो र दोस्रो चरणमा गरी घरपालुवा पशुहरुमा खोप लगाउने काम सम्पन्न भएको हो ।

जिल्लास्थित भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका अनुसार पहिलो चरणमा बेसीशहरको वडा १० सहित चारवटा गाउँपालिका र दोस्रो चरणमा बेसीशहरसहित चारवटा नगरपालिकामा खोप अभियान सञ्चालन भएको थियो । जिल्लामा सम्पन्न पशु पूर्णखोप कार्यक्रम अन्तर्गत करिव दुई लाख डोज खोप लगाइएको कार्यालयले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)