प्रधानमन्त्रीको अभिव्यक्तिबारे संसद्मा गोप्य मतदान गरौँ : यादव
baahrakhari.com · Tue Jun 16 06:28:11 GMT 2026

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी सांसद रेखाकुमारी यादवले नेपाल–भारत सीमासम्बन्धी प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को अभिव्यक्तिबारे संसद्मा गोप्य मतदान गर्न माग गरेकी छन् । प्रधानमन्त्री शाहले दिएको अभिव्यक्ति संसद्ले निर्क्योल गर्नुपर्ने भन्दै उनले यो विषयमा गोप्य मतदान गर्न आवश्यक रहेको तर्क गरेकी हुन् ।
मंगलबार (असार २) प्रतिनिधिसभा बैठकमा उनले प्रधानमन्त्रीको उक्त अभिव्यक्तिपछि सुस्तालगायत नेपाली भूमिमा एसएसबीले बल प्रयोग गर्ने गरेको उल्लेख गरिन् । यसको जवाफ कसले दिने ? भनेर उनले सरकारलाई प्रश्न पनि गरिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)
बालेन शाह
काठमाडौँ