घरको छतबाट खसेर एक जनाको मृत्यु
nepalnews.com · Tue Jun 16 06:32:05 GMT 2026

निजगढ। बाराको कोल्हवी नगरपालिका-३ जुगुवा टोलमा आज बिहान घरको छतबाट खसेर एक व्यक्तिको मृत्यु भएको छ।
मृत्यु हुनेमा ५० वर्षीय सोभालाल चौधरी रहेका छन्। जिल्ला प्रहरी कार्यालय बाराका अनुसार राति करिब १ः३० बजे आफ्नै एकतले पक्की घरको छतबाट खसेर चौधरी गम्भीर घाइते भएका थिए।
टाउको र मुखमा गम्भीर चोट लागेका चौधरीको उपचारका क्रममा बिहान परवानीपुरस्थित एलएस न्यूरो अस्पतालमा मृत्यु भएको हो।
चौधरीलाई कोल्हवीस्थित तामागढी अस्पतालबाट थप उपचारका लागि एलएस न्यूरो अस्पताल लगिएको थियो। उनको बिहान करिब ५ बजे मृत्यु भएको बाराका प्रहरी प्रवक्ता मीनबहादुर घलेले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)