२३ लाख ठगी र १ करोड ३१ लाख बराबरको क्रिप्टो कारोबारमा संलग्न दुई युवक काठमाडौंबाट पक्राउ
barnanmedia.com · Thu Jun 26 22:09:03 GMT 2025

सामाजिक सञ्जालमार्फत २३ लाखभन्दा बढी ठगी गरेको र १ करोड ३१ लाख रुपैयाँ बराबरको क्रिप्टो करेंसी कारोबारमा संलग्न दुई जना युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा १९ वर्षीय समिर तामाङ र क्रिस पोखरेल रहेका छन्।
जिल्ला प्रहरी परिसर, काठमाडौँबाट खटिएको प्रहरी टोलीले मिति २०८२ असार ११ गते उनीहरूलाई काठमाडौंको माइतीघर क्षेत्रबाट नियन्त्रणमा लिएको हो। प्रारम्भिक अनुसन्धानमा उनीहरूले फेसबुक पेज तथा टेलिग्राम ग्रुपमार्फत ‘विदेशमा सञ्चालित फर्निचर कम्पनीमा लगानी गर्दा फाइदा हुन्छ’ भन्ने प्रलोभन देखाई विभिन्न व्यक्तिहरूबाट रु. २३ लाख १५ हजार ठगी गरेको पुष्टि भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)