बुद्धिचाल महासंघमा चर्कियो विवाद, दुई स्थानमा भयो साधारण सभा
nagariknews.nagariknetwork.com · Sat May 23 11:00:38 GMT 2026

अखिल नेपाल बुद्धिचाल महासंघभित्रको आन्तरिक विवाद थप चर्किएको छ । महासंघको साधारण सभा दुई फरक स्थानमा आयोजना भएपछि नेतृत्व तहको विवाद सतहमा आएको हो । अविश्वास प्रस्ताव दर्ता पक्षधर समूहले बहुमत सदस्यको आधारमा काठमाडौंमा छुट्टै साधारण सभा आयोजना गरेको जनाएको छ ।
यसअघि महासंघका अध्यक्ष हेराकाजी महर्जन र महासचिव धरमबहादुर लामाविरुद्ध सदस्यहरूले अविश्वास प्रस्ताव दर्ता गरेका थिए । महासंघभित्र लामो समयदेखि नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि बढ्दै गएको बताइन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)