मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रित्ता कक्षाकोठा रुँगेर बस्दै गाउँका शिक्षकहरू

ratopati.com · Thu Jun 26 23:18:00 GMT 2025

म्याग्दी। विद्यार्थी नभएपछि बेनी नगरपालिका–५ माथिल्लो गाजनेको जगन्नाथ आधारभूत र वडा नं १० को ओखले आधारभूत विद्यालय शैक्षिक सत्र २०८२ देखि बन्द भए ।

शैक्षिक सत्र २०८० मा एक सय दुई र २०८१ मा ७२ जना विद्यार्थी रहेको विसं २०१५ मा स्थापना भएको भानु माविमा पछिल्लो केही वर्षयता विद्यार्थी सङ्ख्या निरन्तर घट्दो छ । कक्षा १२ सम्मको पठनपाठन हुने बेनी नगरपालिका–१ रत्नेचौरको भानु माविमा कक्षा ११ र बालकक्षासहित शैक्षिक सत्र २०८२ को विद्यार्थी सङ्ख्या ४८ जना छ । प्रधानाध्यापक दिनेश बोगटीका अनुसार कक्षा १ र ३ मा विद्यार्थी सङ्ख्या शून्य छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)