मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

‘दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुनेमा ढुक्क छैन कर्णाली’

ratopati.com · Sun Nov 23 18:15:00 GMT 2025

कर्णाली। कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुनेमा ढुक्क नभएको बताए ।

कर्णाली प्रदेशसभा सामाजिक विकास समितिले आज (आइतबार) सुर्खेत वीरेन्द्रनगरमा गरेको सरकारसँगको छलफलमा मन्त्री भण्डारीले निर्वाचन मिति र प्रतियोगिता सञ्चालनको हुने अवधि एउटै भएकाले अझै आशंका उब्जिएको बताए । सङ्घीय सरकारले पटकपटक प्रतियोगिताको मिति घोषणा गर्ने र सार्ने गरेका कारणले प्रतियोगिता सञ्चालनको सुनिश्चितता नरहेको उनको भनाइ छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)