पवित्र जंग र कमल सिटिजन्स खुला टेनिसको सेमिफाइनलमा
baahrakhari.com · Tue Apr 28 16:55:25 GMT 2026

काठमाडौं। प्रणव मानन्धर र दर्शिल श्रेष्ठ १२ औँ सिटिजन्स बैङ्क खुला टेनिस प्रतियोगिताको पुरुष सिंगल्समा मङ्गलवार क्वाटर फाइनलमा प्रवेश गरेका छन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को टेनिस कोर्टमा प्रणवले उगेन शेर्पालाई ६–१ र ६–० तथा दर्शिलले प्रितम परियारलाई ६–३ र ६–४ को सोझो सेटमा पराजित गरेका थिए ।
सोही स्पर्धामा प्रदीप खड्काले डानियल बास्तोलालाई ६–० र ६–०, राजवीर प्रधानले निजेज महर्जनलाई ६–२ र ६–२, आयुशमान हजुर घलेले बोरिस अधिकारीलाई ६–१ र ६–१, सक्षम विक्रम शाहले अभिनव आचार्यलाई ६–२ र ६–१ तथा प्रणव खनालले निसान श्रेष्ठलाई ७–५ र ६–१ को सोझो सेटमा हराउँदै क्वाटर फाइनलमा स्थान सुरक्षित गरे । निहाल जंगबहादुर थापाले पनि प्रतिद्वन्द्वी साङ्गे छोजन रोकायाबाट वाक ओभर पाउँदै क्वाटर फाइनलमा स्थान बनाए ।
पुरुष डबल्समा प्रणव खनाल/आयुशमान हजुर घलेको जोडीले निजेज महर्जन र ओजेज महर्जनको जोडीलाई ६–१ र ६–०, राजवीर प्रधान/उगेन शेर्पाको जोडीले अभिनव आचार्य/सक्षम विक्रम शाहको जोडीलाई ६–२ र ६–१, प्रदीप खड्का/प्रितम परियारको जोडीले दर्शिल श्रेष्ठ/साश्वत बज्राचार्यको जोडीलाई ६–१ र ६–३ तथा निहाल जंगबहादुर थापा/प्रणव मानन्धरको जोडीले निसान श्रेष्ठ/दावा शेर्पाको जोडीलाई ६–२ र ६–३ को सोझो सेटमा पाखा लगाउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरे ।
भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा भएको भेट्रान ६५ वर्षमाथि पुरुष सिंगल्समा पवित्र जङ्ग रायमाझीले कर्मा घलेलाई ६–७, ६–१ र ११–९ तथा कमल थापाले पदम गुरुङलाई ६–० र ६–३ ले पन्छ्याउँदै सेमिफाइनलमा स्थान पक्का गरे । सोही स्पर्धाको पुरुष डबल्समा दीपक श्रेष्ठ/ज्ञानेन्द्रमान ताम्राकारको जोडीले कर्मा टासी/जेरुम इदुको जोडीलाई ६–४, ०–६ र १७–१५ ले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरे ।
सिटिजन्स बैङ्कको मुख्य प्रायोजन तथा काठमाडौँ जिल्ला टेनिस सङ्घको आयोजनामा भइरहेको प्रतियोगिताको भेट्रान ४५ वर्षमाथि पुरुष डबल्समा रोहित सुनुवार र महेश श्रेष्ठ, नवाङ लामा र राजेन्द्र भाटिया, सुक्मान तामाङ र अन्जनमानसिंह बानियाँ तथा अमित गुरुङरदेव क्षेत्रीको जोडीले सेमिफाइनलमा स्थान बनाए ।
भेट्रान ५५ वर्षमाथि पुरुष डबल्समा चन्द्र शाही र सोभितमान श्रेष्ठ, रमेश रोक्का र प्रेमप्रकाश थापा, सागर केसी र निराजनकुमार श्रेष्ठ, धरमसिंह लामिछाने र समीर शेरचन, धर्म शाही र आशिष सिग्देल, सुनिल गुरुङ र नवाङ लामा, राजु राई र बाबुकृष्ण कार्की तथा मनु त्रिपाठी र पृथ्वीमान गुरुङको जोडी क्वाटर फाइनलमा पुगेका छन् ।
#टेनिस
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)