मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बाढीपीडितको बास १२ वर्षदेखि त्रिपालमुनि

gorkhapatraonline.com · Fri Aug 28 10:12:59 GMT 2026

शासन व्यवस्था बदलियो, शासकहरु बदलिनुभयो । केन्द्रीकृत अधिकार विकेन्द्रीकृत भइसक्यो । तर सुर्खेतका बाढीपीडितले १२ वर्षसम्म पनि स्थायी बसोबास पाएका छैनन् ।

२०७१ साउनको अन्तिम साता सुर्खेतको विभिन्न नदी तथा खोलामा बाढी आयो । कतै पहिरो कतै बाढी र पहिरोले धनजनको क्षति भयो । केहीले ज्यान गुमाए, केहीले घरखेत गुमाए । यसरी बाढी र पहिरोका कारण थुप्रै नागरिक विस्थापित भए । विस्थापित भएकाहरू जिल्लाको विभिन्न स्थानमा अस्थायी शिविर बनाएर बसे ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)