बेलायतले खोस्यो रुसको छद्म तेल ट्याङ्कर
ratopati.com · Tue Jun 16 07:01:36 GMT 2026

लन्डन । बेलायती सुरक्षाबलले रुसी तेल बोकेको र प्रतिबन्ध उल्लङ्घन गरेको आशङ्का गरिएको एउटा छद्म नामधारी तेल ट्याङ्कर नियन्त्रणमा लिएका छन् । प्रधानमन्त्री किर स्टार्मरले यसलाई युक्रेन युद्धका लागि आर्थिक स्रोत जुटाउने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको प्रयासमाथिको महत्त्वपूर्ण प्रहार बताएका छन् । ‘यो सफल कारबाहीले रुसमाथि अर्को ठुलो चोट पुर्याएको छ र पुटिनको युद्धलाई सहयोग गर्नेहरूलाई लुक्न नदिने हाम्रो प्रतिबद्धता देखाएको छ,’ स्टार्मरले सामाजिक सञ्जाल एक्समा लेखेका छन् ।
स्मिर्टाेस नामको तेल ट्याङ्करले करिब सात लाख ब्यारेल रुसी तेल बोकेको थियो । क्यामरुनको झण्डामुनि सञ्चालन भइरहेको उक्त जहाज जुन ५ मा रुसको उस्त–लुगा बन्दरगाहबाट इजिप्टको पोर्ट सइदतर्फ जाँदै थियो । बेलायती रक्षा मन्त्रालयका अनुसार आइतबार बिहानै रोयल मरिन्स कमान्डो र राष्ट्रिय अपराध एजेन्सी (एनसीए)का अधिकारीहरूले हेलिकप्टरबाट डोरी झारेर जहाजमा प्रवेश गरेका थिए । कारबाहीमा युद्धपोत, सैन्य विमान तथा अन्य नौसैनिक साधन पनि परिचालन गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)