खाँदबारीमा कैदी हत्या प्रकरण : १५ जनालाई जन्मकैदको सजाय
annapurnapost.com · Tue Jun 16 06:52:53 GMT 2026

संखुवासभा : संखुवासभाको जिल्ला कारागार खाँदबारीमा २ जना कैदी हत्या प्रकरणका १५ जनालाई जन्मकैदको फैसला सुनुवाई भएको छ । २०८० साउन २४ गते जिल्ला कारागारमा मादी नगरपालिका–५ का २० वर्षीय विनोद तोलाङ्गी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको सुरक्षाकर्मी र कैदीबन्दीको कुटपिटबाट मृत्यु भएको थियो ।
२ कैदी हत्या प्रकरणका ७ प्रहरीसहित १५ जनाई जन्मकैदको फैसला भएको जिल्ला अदालतका श्रेस्तेदार उज्वल न्यौपानेले जानकारी दिए। न्यायाधीश राजकुमार कोइरालाको इजलासले मलुकी अपराध संहिता २०७४ को दफा १७१ (१) बमोजिम कसुरमा जन्मकैद फैसला सुनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)