मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सीमा स्तम्भ व्यवस्थापनमा नेपाल-भारतको साझा प्रतिबद्धता, मर्मत र पुनर्निर्माणलाई तीव्रता दिने सहमति

canadanepal.com · Tue Jun 16 07:04:11 GMT 2026

काठमाडौँ - नेपाल-भारत सीमामा रहेका सीमा स्तम्भहरूको संरक्षण, मर्मत सम्भार तथा पुनर्निर्माणलाई प्रभावकारी ढंगले अघि बढाउन दुवै देशका सम्बन्धित अधिकारीहरू सहमत भएका छन्। कञ्चनपुरको महेन्द्रनगरमा सोमबार सम्पन्न ‘नेपाल-भारत संयुक्त सीमा सर्वे फिल्ड टोली नम्बर-४’ को बैठकले सीमा व्यवस्थापनसम्बन्धी कार्यलाई प्राथमिकतामा राख्दै थप सक्रिय रूपमा अघि बढाउने निर्णय गरेको हो।

बैठकमा संयुक्त सीमा सर्वे टोलीका प्रमुख ज्ञानेन्द्र विष्टले चालू आर्थिक वर्षमा सम्पन्न गतिविधिको विवरण प्रस्तुत गर्दै पाँच जिल्लामा ११ वटा सीमा स्तम्भ पुनर्निर्माण गरिएको, ५२ वटा स्तम्भको मर्मत गरिएको तथा ४०२ वटा सीमा स्तम्भको स्थलगत निरीक्षण सम्पन्न भएको जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)