मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अब धादिङका सेवाग्राहीको घरदैलोमा राहदानी पुर्‍याइने

ratopati.com · Tue Apr 28 18:56:35 GMT 2026

धादिङ । जिल्ला प्रशासन कार्यालयले सेवाग्राहीको घरदैलोमा नै राहदानी पुर्‍याउन सुरु गरेको छ । सरकारले सुरु गरेको घरदैलोमै राहदानी वितरण सेवाअनुरूप जिल्ला प्रशासन कार्यालयले जिल्ला हुलाक कार्यालयमार्फत सेवाग्राहीको घरदैलोमा राहदानी पुर्‍याउने कामको थालनी गरेको हो ।

जिल्ला हुलाक कार्यालय र जिल्ला प्रशासन कार्यालयबिच सेवाग्राहीको घरदैलोमा राहदानी पुर्‍याउने समझदारी पत्रमा हस्ताक्षर गरेसँगै सेवा सुरु भएको प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले बताए । बजार क्षेत्रमा सोही दिन र सदरमुकाम रहेको नगरपालिकाभित्र तीन दिनभित्र र अन्य स्थानमा डाँक सेवामार्फत नागरिकको घरदैलोमा राहदानी पुर्‍याउने व्यवस्था मिलाइएको उनले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)