ट्याक्टरको ट्रली पल्टिँदा किशोरको ज्यान गयो
gorkhapatraonline.com · Tue Jun 16 07:12:58 GMT 2026

सल्यानमा ट्याक्टरको ट्रली पल्टिँदा एक किशोरको मृत्यु भएको छ । शारदा नगरपालिका –८ मार्केस्थित खलंगा–कालीमाटी सडक खण्डमा मार्केदेखि सिमखर्कतर्फ जाँदैगरेको भे. १ त ६९५२ नम्बरको ट्याक्टरको ट्रली पल्टिँदा बनगाड कुपिण्डे नगरपालिका –९ का १४ वर्षीय निर्मल भन्ने उत्तम यरी गम्भीर घाइते हुनुभएको थियो ।
घाइते यरीको उपचारका लागि बाँकेको कोहलपुरस्थित मेडिकल कलेज लगिएकोमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक तथा सूचना अधिकारी देजराज भट्टराईले जानकारी दिनुभयो ।
दुर्घटनामा परी बनगाड कुपिण्डे नगरपालिका –९ का ५५ वर्षीय भदे वली र १९ वर्षीय विनोद विक घाइते भएका छन् । उहाँहरूको कोहलपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)