लुम्विनीको नयाँ कार्यक्रम : बालबिवाह रोक्न १० करोड ९० लाख
annapurnapost.com · Tue Jun 16 07:02:55 GMT 2026

दाङ : सामाजिक विकृतिको रुपमा रहेको बालबिवाह रोकथाम गर्न लुम्बिनी प्रदेश सरकारले पहिलो पटक ठूलो रकम विनियोजन गरेको छ । राष्ट्रिय तथ्याङ्क अनुसार लुम्विनीमा ४५ प्रितशत बालबिवाह हुने गरेको छ । बालबिवाहमा प्रदेश उच्च इस्कोरमा देखिएपछि सरकारले आउँदो आर्थिक वर्षमा अभियान सञ्चालन गर्न बजेट छुट्टाइएको आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले बताए । स्थानीय सरकारसँगको सहकार्यमा विशेष अभियान सञ्चालन हुनेछ ।
आर्थिक वर्ष २०८३र८४ का लागि प्रदेश सरकारले सार्वजनिक गरेको बजेट बक्तब्यमार्फत बालबिवाह रोकथाम, न्यूनीकरण र नियन्त्रणका लागि बजेट बिनियोजन गरेको हो । स्थानीय तहहरूमा सशर्त अनुदानमार्फत बालबिवाह न्यूनिकरणका कार्यक्रमहरू सञ्चालन गर्न बजेट बिनियोजन गरेको हो । आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले प्रदेशका सबै पालिकाहरूमार्फत परिचालन हुने गरी उक्त बजेट बिनियोजन गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)