केस स्टडी समुदाय उद्यम : स–मिल स्थापना गर्दा राज्यका निकायबाट पाएको हैरानी
shilapatra.com · Sat May 23 11:49:36 GMT 2026

दाङकाे गढवा गाउँपालिकाको वडा नम्बर–१, २ र ३, चुरे पहाडको काखमा अवस्थित छन् । तीन वडाका करिब ६ हजार उपभोक्ताको दाउरा घाँस गर्ने त्यहीँ अवस्थित १२ वटा सामुदायिक वन हुन् । महेन्द्र राजमार्गको कालाकाटेदेखि करिब ५ किलोमिटर पश्चिम बस्तीको किनारको बाटो हिँडेपछि पुगिन्छ कुलापानी र बढहरासहितका गाउँ । वनको छेउमा बसोबास गरेको हिसाबले वनमा आगलागी हुँदा त्यसको नियन्त्रणको दायित्व पनि तिनै उपभोक्ताको हो ।
वनमा धेरै पटक भएका आगालागीहरूलाई ज्यानको बाजी मारेर उपभोक्ताले नियन्त्रण गरेको कुलापानी सामुदायिक वनका अध्यक्ष नवराज शर्मा बताउँछन् । उपभोक्ताको जागरुकताले नै वनमा हुने चोरी तस्करी नियन्त्रणमा छ । तर, सरकारको सम्पत्ति जोगाए बापत राज्यका निकायबाट स्याबासी पाउनुको सट्टा यहाँका उपभोक्ताले सरकारी निकायबाट पाएको दु:ख, झमेला र हैरानीको कथा भने लामो छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)