मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इरान प्रस्तावप्रति अमेरिका कठोर

barnanmedia.com · Tue Apr 28 21:15:00 GMT 2026

युद्ध अन्त्य र हर्मुज जलघाँटी पुनः सञ्चालन गर्ने प्रस्ताव अघि सारे पनि इरानले आफ्नो आणविक कार्यक्रमबारे छलफल स्थगित गर्न खोजेपछि अमेरिकाले स्पष्ट रूपमा चासो नदेखाएको सङ्केत दिएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनले उक्त प्रस्तावलाई तत्काल स्वीकार गर्ने सम्भावना कमजोर देखिएको छ ।

इरानले अमेरिकाले आफ्नो आर्थिक नाकाबन्दी हटाए युद्ध अन्त्य गर्ने र रणनीतिक रूपमा अत्यन्त महत्त्वपूर्ण स्ट्रेट अफ हर्मुज पुनः खोल्ने प्रस्ताव पठाएको थियो । तर उक्त प्रस्तावमा इरानको आणविक कार्यक्रमबारे वार्ता रोक्ने कुरा समावेश भएकाले वासिङ्टन असन्तुष्ट देखिएको हो । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सोमबार फक्स न्युजसँगको अन्तर्वार्तामा स्पष्ट पार्दै कुनै पनि सम्झौताले इरानलाई भविष्यमा आणविक हतियारतर्फ जानबाट रोक्नुपर्ने अनिवार्य शर्त रहेको बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)