मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अपदस्थ राष्ट्रपति दम्पतीमाथि दोहोरो सजाय

barnanmedia.com · Tue Apr 28 21:35:00 GMT 2026

दक्षिण कोरियामा सत्ताबाट हटाइएका राष्ट्रपति युन सुक योलसँग जोडिएको राजनीतिक पतन अझ गहिरिँदै गएको छ र अपील अदालतले उहाँकी श्रीमती किम केओन हीलाई थप भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै जेल सजाय बढाएको छ । यसअघि नै विद्रोहको आरोपमा युनलाई आजीवन कारावास सजाय सुनाइएको पृष्ठभूमिमा आएको यो निर्णयले पूर्व शासक दम्पतीको पतनलाई अझ नाटकीय बनाएको छ ।

सियोल उच्च अदालतले मङ्गलबार किमको सजायलाई चार वर्षमा पु¥याउने निर्णय सुनाएको हो । यसअघि जनवरीमा जिल्ला अदालतले उहाँलाई २० महिनाको जेल सजाय सुनाएको थियो । त्यतिबेला उहाँमाथि युनिफिकेशन चर्चसँग राजनीतिक समर्थनका लागि सम्बन्ध राख्दै महँगा उपहार—ग्राफ डायमन्ड नेकलेस र च्यानल ब्याग—लिएको आरोप पुष्टि भएको थियो । यद्यपि, प्रथम महिला बन्नुअघि स्टक मूल्य हेरफेरमा संलग्न रहेको आरोपबाट भने उहाँले सफाइ पाउनुभएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)