बसले स्कुटरलाई ठक्कर दिँदा एकको मृत्यु
gorkhapatraonline.com · Sat May 23 11:59:25 GMT 2026

कान्ति लोकपथ अन्तर्गत मकवानपुरको मकवानपुरगढी गाउँपालिका २ स्थित शिखरकटेरी सडक खण्डमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्युभएको छ ।
काठमाडौँबाट वीरगञ्जतर्फ आउँदै गरेको बा.प्र.०१–००६ ख ९६११ नं.को खाली बसले मकवानपुरगढी गाउँपालिका २ शिखरकटेरीस्थित शनिबार दिउँसो घुम्तीमा विपरीत दिशा तर्फबाट जाँदै गरेको ना.५९ प ३३४५ न.को स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक दोर्जेरत्न योञ्जनको मृत्युभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)