मनसुनजन्य विपद्को पूर्वतयारीबारे सदनलाई जानकारी गराउन सांसद गजुरेलको माग
gorkhapatraonline.com · Tue Jun 16 07:30:04 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिष गजुरेलले मनसुनजन्य प्राकृतिक विपद् र तातो हावा को जोखिमका सन्दर्भमा सरकारको पूर्वतयारी र योजनाबारे संसद्लाई जानकारी गराउन माग गर्नुभएको छ ।
मङ्गलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद गजुरेलले मनसुनको सङ्घारमा पुगिसक्दा पनि राहत तथा उद्धारका लागि सरकारले गरिरहेको तयारीबारे कुनै स्पष्ट जानकारी नआएको भन्दै ध्यानाकर्षण गराउनुभएको हो । क्षेत्रीय मौसम पूर्वानुमानका आधारमा बुधबारदेखि नेपालको पूर्वी भाग (कोशी प्रदेश) बाट मनसुन सुरु भई अत्यधिक वर्षा हुने सम्भावना रहेको उहाँले उल्लेख गर्नुभयो । गत वर्षको मनसुनले क्षतिग्रस्त बनाएका पूर्वी नेपालका भौतिक संरचना अझै पुनर्निर्माण भइनसकेको अवस्थामा आगामी साता हुने निरन्तरको वर्षाले थप क्षति पुर्याउन सक्ने भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)