मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

देशका यी स्थानमा हुनेछ भारी वर्षा

barnanmedia.com · Tue Apr 28 22:49:06 GMT 2026

बुधबार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू-भागमा अधिकांश बादल लाग्ने तथा सुदूरपश्चिम प्रदेशको तराई भू-भागमा साधारणतया बादल लाग्नेछ।

मौसम विभागका अनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको धेरै स्थानहरूमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ। कोशी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको पनि सम्भावना रहेको छ। देशका तराई भू-भागका केही स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको विभागले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)