मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मुस्ताङ कोरोला नाकाबाट भन्सार छली आशंकामा ७७५ ईभी नियन्त्रणमा, सरकारद्वारा छानबिन सुरु

nepalbahas.com · Fri Jun 05 11:01:06 GMT 2026

मुस्ताङ कोरोला नाकाबाट भन्सार छली आशंकामा ७७५ ईभी नियन्त्रणमा, सरकारद्वारा छानबिन सुरु

२२ जेठ,पोखरा । मुस्ताङको कोरोला नाकाबाट भन्सार छली गरेर नेपाल भित्र्याइएको आशंकामा सशस्त्र प्रहरी बल नेपालले नियन्त्रणमा लिएका ७७५ वटा विद्युतीय सवारीसाधन (ईभी) अझै विभिन्न स्थानमा राखिएका छन्। तीमध्ये ९६ वटा गाडी कास्कीको पोखरा महानगरपालिका–२५, सुइखेतमा सशस्त्र प्रहरीको निगरानीमा रहेका छन्।

सशस्त्र प्रहरी बलको विशेष टोलीले जेठ २८ गते मुस्ताङको जोमसोम, पर्वतको कुस्मा र कास्कीको हेम्जालगायत विभिन्न स्थानबाट ती गाडीहरू नियन्त्रणमा लिएको थियो। विशेष सूचनाका आधारमा कोरोला नाका हुँदै ठूलो परिमाणमा भन्सार छली गरी विद्युतीय गाडी नेपाल भित्र्याएको आशंका भएपछि सशस्त्र प्रहरीले संयुक्त अपरेसन सञ्चालन गरेको थियो। त्यसका लागि सशस्त्र प्रहरी बल नेपाल नं. ३३ गुल्म मुस्ताङ, म्याग्दी गुल्म, नं. २५ चण्डिका गण पर्वत तथा नं. २४ कालिका गण कास्कीबाट विशेष टोली परिचालन गरिएको थियो।

सशस्त्र प्रहरीका अनुसार नियन्त्रणमा लिइएका गाडीहरू नाकादेखि पोखरासम्मका विभिन्न स्थानमा राखिएका छन्। पोखरा महानगरपालिका–२५ सुइखेतमा मात्रै ९६ वटा ईभी सुरक्षित रूपमा राखिएको छ भने बाँकी गाडीहरू अन्य स्थानमा निगरानीसहित राखिएको जनाइएको छ। घटनाबारे सरकारले छानबिन समिति गठन गरि अनुसन्धान अघि बढाएको छ। गाडीहरू वैधानिक रूपमा आयात गरिएका हुन् वा भन्सार प्रक्रिया छलेर भित्र्याइएका हुन् भन्ने विषयमा छानबिन प्रक्रिया अघि बढाएको हो। तस्बिरहरू : अर्जुन गाहा / नेपाल फोटो लाइब्रेरी

फिचर

Shares

नेपालबहस संवाददाता

नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद #नेपालबहस #नेपालीसमाचार #स्थानीयसमाचार #ब्रेकिंङन्यूजनेपाल #खोजमुलकसमाचार #नेपालअपडेट्स #अपराधसमाचार #सुरक्षामामिलासमाचार #बैंकिङबीमासमाचार #शेयरबजारसमाचार #कर्पोरेटसमाचार

लेखकबाट थप

सम्बन्धित पोस्ट

नेपालमा उबरको आधिकारिक सेवा सुरु ( फोटो फिचर )

जेठ २२, २०८३ शुक्रबार

तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो

जेठ २२, २०८३ शुक्रबार

शेन्जेनबाट एकै दिन आए एक सय ७५ चिनियाँ पर्यटक: फोटो फिचर

जेठ २२, २०८३ शुक्रबार

नेपालबहस ट्रेन्डिङ

पर्साका सिडिओ दाहाल भन्छन्, “पहिल्यै टुंगिएको छ तर निष्कर्ष थाहा छैन ?”

नेपालबहस संवाददाता

जेठ २०, २०८३ बुधबार

चीनमै रहेका बीवाईडीका गाडी नेपालमा जाँचपास ! साइमेक्स र भन्सार कर्मचारीमाथि अनुसन्धान

नेपालबहस संवाददाता

जेठ २०, २०८३ बुधबार

सशस्त्र प्रहरीको एमटी शाखामा आगलागी, एआईजीले प्रयोग गर्ने करोडौं मूल्यका गाडी नष्ट

नेपालबहस संवाददाता

जेठ २०, २०८३ बुधबार

“सरकार फेरियो, तर पर्सा ट्राफिकको घुसखोरी धन्दा फेरिएन”

नेपालबहस संवाददाता

जेठ २१, २०८३ बिहिबार

Tweets by nepalbahas

लोकप्रिय

कसले चुहायो ईभी कर हेरफेरको गोप्य सूचना ? रसुवा भन्सारबाट गाडी नआउँदै २०० गाडी ‘क्लियरेन्स’

जेठ २१, २०८३ बिहिबार

कोरला नाकाबाट नियन्त्रणमा लिइएका ७७४ वटा सवारी साधनको छानबिन गर्न अर्थले बनायो समिति

जेठ २१, २०८३ बिहिबार

६ करोड बढी ठगीको आरोपमा पक्राउ परेकी टिकटकर तुल्सा अधिकारी पुर्पक्षका लागि थुनामा

जेठ २१, २०८३ बिहिबार

छुटाउनुभयो कि?

मुस्ताङ कोरोला नाकाबाट भन्सार छली आशंकामा ७७५ ईभी नियन्त्रणमा, सरकारद्वारा छानबिन सुरु

जेठ २२, २०८३ शुक्रबार

नेपाली समाज नियमित कोर्ष मै छ

जेठ २२, २०८३ शुक्रबार

विपन्न परिवारलाई नयाँ घर

जेठ २२, २०८३ शुक्रबार

गृह मन्त्रालयद्वारा १५ जिल्लाका प्रजिअ हेरफेर

जेठ २२, २०८३ शुक्रबार

उखुको भुक्तानी माग गर्दै सर्लाहीमा प्रदर्शन

जेठ २२, २०८३ शुक्रबार

गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै

जेठ २२, २०८३ शुक्रबार

स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)

सम्बन्धित विषय