वीरबहादुरलाई अस्ट्रेलियाबाट सहयोग
ekantipur.com · Sun Oct 03 17:04:53 GMT 2021
असोज २ गते कान्तिपुर दैनिकमा ‘सिहदरबार रंग्याउन आएका ९० वर्षीय वृद्ध’ शीर्षकमा दोलाखा तामाकोसीका वीरबहादुर सुनुवारबारे समाचार छापिएको थियो । उक्त समाचार पढेपछि कवि भोजराज न्यौपानेले सुनुवारलाई पात्र बनाई साहित्य पोष्ट अनलाइनमा ३ असोजमा ‘सिंहदरबारको रंग’ कविता लेखेका थिए । कविता पढेरे अस्ट्रेलियामा बसिरहेका दोलखाका व्यवसायी रामजी बस्नेतले ५० हजार रुपैयाँ सहयोग प्रदान गरेका हुन् ।
‘कविता पढेपछी अस्ट्रेलियामा रहेका भाइ रामजीले केही सहयोग पठाउँछु भनी खबर पठाउनु भयो,’ काठमाडौं शान्तिनगरमा सहयोग हस्तान्तरण गर्नुअघि कवि न्यौपानेले भने, ‘सम्भवत: कविता पढेर, कवितामा उल्लेख गरिएको पात्रलाई सहयोग जुटेको यो पहिलो घटना होला ।’
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)