बारा बैठकमा सामान्य विवाद भएको हो, लखेटिएको होइन: रहबर अन्सारी
nepalpress.com · Sat May 23 12:13:45 GMT 2026

काठमाडौं । प्रतिनिधिसभा सदस्य तथा रास्वपाका नेता रहबर अन्सारीले बाराको कलैयामा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बैठकमा सामान्य विवाद मात्र भएको भएको बताएका छन्
।
‘केन्द्रीय समितिको सर्कुलर अनुसार जिल्ला अधिवेशनमा सुझाव संकलनका लागि आएका थियौं । कारवाहीमा परेका केही नेताहरुले सामान्य विवाद झिकेका हुन् । अहिले सबै समाधान भइसक्यो । नियोजित रुपमा केही पार्टी निकटका मिडियाहरुले घट्नालाई अतिरञ्जित गर्न खोजे । हिडिरहेको दृश्यलाई कैद गरेर लखेटिएको भनेर मिडियाबाजी मात्र भएको हो,’ उनले भने ,‘सबै विवाद समाधान भइसक्यो र कार्यक्रम सफलतापूर्वक सम्पन्न भइसकेको छ ।’
खासगरी पार्टीबाट निष्कासित व्यक्तिहरूले होहल्ला गर्न खोजेको उनको भनाइ थियो । कार्यक्रममा सहभागी हुन काठमाडौंबाट पुगेका अतिथिलाई प्रहरीले नजिककै कोठमा बस्न भनेर लगेको दृश्य लखेटिएको नभएको उनले बताए।
जिल्लाका पूर्वसंयोजक चन्दन स्वर्णकारलाई गरिएको कारबाहीको विषयलाई लिएर असन्तुष्ट कार्यकर्ताहरूले विवाद झिकेका थिए ।
पार्टीको केन्द्रीय अनुशासन आयोगको सिफारिसमा गत वैशाख ३० गते बसेको केन्द्रीय समितिको बैठकले स्वर्णकारको सदस्यता खारेज गर्ने निर्णय गरेको थियो ।
तर शनिबारको कार्यक्रममा सांसदहरू रहबर अन्सारी, गणेश धिमाल, अरबिन्द साह र चन्दन सिंहमाथि कार्यकर्ताहरुले आक्रोश पोखेका थिए।
Kathmandu. Member of the House of Representatives and leader of the Rashtriya Swatantra Party (RSWP), Rahbar Ansari, has said that only a minor dispute occurred at the meeting of the Rashtriya Swatantra Party (RSWP) held in Kalaiya, Bara.
.
"As per the Central Committee's circular, we came to the district convention to collect suggestions. Some of the leaders who were taken into action had raised a minor dispute. Everything has been resolved now. Some media outlets close to the party deliberately tried to exaggerate the incident. It was just a media frenzy that the moving scene was captured and chased away," he said. "All the disputes have been resolved and the program has been successfully completed."
He said that people who were expelled from the party were trying to create a ruckus. He said that the scene where the police took a guest who had arrived from Kathmandu to attend the program and asked him to stay in a nearby cell was not shocking.
Dissatisfied activists had stirred up controversy over the action taken against former district coordinator Chandan Swarnakar.
On the recommendation of the party's Central Disciplinary Commission, the Central Committee meeting held on April 10 decided to revoke Swarnakar's membership.
But at Saturday's event, activists expressed anger at MPs Rehbar Ansari, Ganesh Dhimal, Arvind Shah, and Chandan Singh.
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)