किसानलाई ५० प्रतिशत अनुदानमा मौरीका घार
gorkhapatraonline.com · Tue Jun 16 07:44:21 GMT 2026

जिल्ला कृषि विकास कार्यालय तनहुँले आँबुखैरेनी गाउँपालिका–२ स्थित खोलागाउँका कृषकलाई ५० प्रतिशत अनुदानमा ५० वटा मौरीका घार वितरण गरेको छ ।
गण्डकी प्रदेश सरकारअन्तर्गत कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको आर्थिक वर्ष २०८२/८३ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार रोदीखोला कृषक समूहमार्फत कृषकलाई मौरीका घार हस्तान्तरण गरिएको हो । कृषि उद्यम विकास, रैथाने बाली प्रवर्द्धन, जलवायुमैत्री प्रविधि प्रवर्द्धन तथा निर्यातजन्य बाली प्रवर्द्धन कार्यक्रमअन्तर्गत घार वितरण गरिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)