कोशीमा लागूऔषधविरुद्धको अभियान : समातिए २२ जना कारोबारी
kalakarmi.com · Tue Jun 16 07:14:17 GMT 2026

विराटनगर- कोशी प्रदेश प्रहरीको लागूऔषधविरुद्ध सञ्चालन भइरहेको महाअभियान अन्तर्गत विभिन्न जिल्लाबाट २२ जना पक्राउ परेका छन् । पक्राउ परेकाहरूको साथबाट १८ ग्राम १५० मिलिग्राम ब्राउन सुगर, ५०२ चक्की प्रतिबन्धित औषधि, एक मोटरसाइकल, एक स्कुटर र एक सिटी सफारी बरामद गरिएको प्रहरीले जनाएको छ ।
लागूऔषधमुक्त समाज निर्माण गर्ने उद्देश्यका साथ कोशी प्रदेश प्रहरी कार्यालय तथा मातहतका जिल्ला प्रहरी कार्यालयबाट परिचालित टोलीले विभिन्न स्थानमा चेकजाँच तथा निगरानीका क्रममा उनीहरूलाई पक्राउ गरेको हो । झापामा वडा प्रहरी कार्यालय भद्रपुरले बिर्तामोड–६ का देबेन्द्र विकलाई १ ग्राम ४२० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ । त्यस्तै दमक–३ का विकास भुजेल र भद्रपुर–७ की सरिता राजवंशीलाई ६ ग्राम ९० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)