बाढी प्रभावित क्षेत्रमा हैजाविरुद्धको खोप पठाइयो
bishowkhabar.com · Tue Sep 08 07:01:26 GMT 2026

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा हैजा संक्रमणको जोखिम न्यूनीकरणका लागि हैजाविरुद्धको खोप पठाउन थालेको छ ।
मन्त्रालयका अनुसार आज नुवाकोटका लागि ८० हजार ५२३ डोज अर्थात् २३ बक्स हैजाविरुद्धको खोप पठाइएको छ । खोपसँगै १० थान फ्रिज–फ्री भ्याक्सिन क्यारियर, ०.६ लिटर क्षमताका २२० थान आइस प्याक र ८ थान फ्रिज ट्यागसमेत पठाइएको मन्त्रालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)