सिद्धार्थनगरमा नसर्ने रोग स्क्रिनिङ तथा जनचेतना अभियान
gorkhapatraonline.com · Sat May 23 12:20:27 GMT 2026

रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले नसर्ने रोग स्क्रिनिङ तथा जनचेतना कार्यक्रम सञ्चालन गरेको छ ।
३० वर्षमाथिका समुदायस्तरमा बढ्दो नसर्ने रोगहरु (उच्च रक्तचाप, मधुमेह, मिर्गौ लगायत) को रोकथाम, पहिचान तथा व्यवस्थापनका लागि कार्यक्रम सुरु गरिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाका अनुसार पहिलो चरणमा कर्मचारीको स्वास्थ्य परीक्षण भएको छ ।स्वास्थ्य शाखा प्रमुख माधव प्रसाद ज्ञवालीले नगर क्षेत्रभित्र रहेका १० हजार बढीको स्वास्थ्य परीक्षण भएको बताउनुभयो ।
त्यसै गरी नगरपालिकाले वैशाख ५ देखि ७ गतेसम्म वृहत निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको थियो। प्रमुख प्रशासकीय अधिकृत जनक थापाका अनुसार उक्त शिविरमा महिला रोग विशेषज्ञ सेवा, छाला रोग विशेषज्ञ सेवा र फिजिसियन विशेषज्ञ सेवा प्रदान गरिएको छ ।
जसअनुसार जेठ ५ गते आधारभूत स्वास्थ्य सेवा केन्द्र सिद्धार्थनगर नगरपालिका–१ बेलहिया, जेठ ६ गते आधारभूत स्वास्थ्य सेवा केन्द्र सिद्धार्थनगर–९ मिश्रौलिया र जेठ ७ गते आधारभूत स्वास्थ्य सेवा केन्द्र सिद्धार्थनगर–११ भुजौलीमा शिविर सञ्चालन भएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)