चेपाङ समुदायले घरघरमै मनाए न्वागी
rajdhanidaily.com · Tue Sep 08 07:09:25 GMT 2026

नारायणगढ । चेपाङ समुदायले यसवर्ष छोनाम (न्वागी) घरघरमै मनाएका छन् । भोटेकोशी बाढी पहिरोका कारण देशलाई पीडा परेको भन्दै सो समुदायले आ–आफ्नो घरमा गच्छेअनुसार चाढ मनाए । विगतका वर्षहरूमा भने न्वागी सामूहिक रुपमा एकजुट भएर मनाइन्थ्यो ।
चेपाङ समुदायले न्गागीलाई आफ्नो प्रमुख सांस्कृतिक तथा धार्मिक पर्व मान्दै आएको छ । हरेक वर्ष भदौ २२ गते विशेष रूपमा मनाइने न्वागी यस वर्ष तडकभडक र औपचारिक कार्यक्रम नगरी परिवार र आफन्तबीच परम्परागत विधिअनुसार मनाइएको नेपाल चेपाङ सङघले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)