इलाम-२ को मतगणना आइतबार बिहानबाट
setopati.com · Sat Apr 27 17:17:05 UTC 2024

इलाम-२ मा शनिबार भएको उपनिर्वाचनको मतगणना आइतबार बिहान मात्र सुरू हुने भएको छ। सबैतिरबाट मतपेटिका संकलन भइनसकेकाले रातिबाटै गणना सुरू गर्ने योजना कार्यान्वयन नहुने भएको हो।
'मतपेटिका बेलैमा संकलन भए आजैबाट गणना थाल्ने योजना थियो,' इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले भने, 'सबैतिरबाट मतपेटिका आइपुग्न रातभरि लाग्ने रहेछ। बिहान २ बजेसम्म आइपुग्ने अनुमान छ। त्यसैले भोलि बिहान ७ बजे सर्वदलीय बैठक गरेर गणना सुरू गर्ने निर्णय भएको छ।'
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)