सिरहाबाट २८ किलो गाँजासहित तीन जना प्रहरी नियन्त्रणमा
ratopati.com · Tue Jun 16 08:05:56 GMT 2026

सिरहा । इलाका प्रहरी कार्यालय गोलबजारले करिब २८ किलो प्रतिवन्धित गाँजासहित तीन जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीले गोलबजार ७ चोहर्वाबाट ५ किलो ७१५ ग्राम गाँजासहित दुई जना र गोलबजारकै १० नम्वर वडाबाट २२ किलो गाँजासहित एक जनालाई सोमबार राति नियन्त्रणमा लिएको हो।
गोलबजार नपा ७ चहोर्वामा गाँजाको कारोवार भईरहेको भन्ने विशेष सूचनाको आधारमा पुगेका प्रहरीले धर्मपुरबाट चोहर्वा तर्फ आउदै गरेको नम्बर नभएको इलेक्ट्रिक अटोलाई रोकि चेक गर्दा बोरा सहित ५ किलो ७१५ ग्राम गाँजा बरामद गरेको थियो। गाँजा बरामद पछि अटो चालक ३६ वर्षिय रोकेन्द्र बहादुर सुनुवार र सोही अटोको पछारी यात्रि बस्ने सिटमा बसेका भारत विहारको पटना जिल्ला धनरुवा ग्राम पंचायत बस्ने ३० वर्षिय रोहित कुमारलाई नियन्त्रणमा लिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)