मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

डिएभी कलेजमा विद्यार्थीको हामफालेर मृत्यु

setopati.com · Tue Jun 16 08:07:27 GMT 2026

ललितपुरको जावलाखेलस्थित डिएभी कलेजमा अध्ययनरत एक विद्यार्थीको हामफालेर मृत्यु भएको छ।

सोमबार मध्याह्न साढे १२ बजेतिर सानेपा बस्ने १८ वर्षीय आर्यन सिंहले चौथो तलाबाट हामफालेर आत्महत्या गरेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रले जानकारी दिए।

घाइते अवस्थामा फेला परेपछि सिंहलाई नजिकैको सुमेरू अस्पताल लगिएको थियो।

उपचारकै क्रममा उनको साँझ साढे ६ बजेतिर मृत्यु भएको एसपी मिश्रले बताए।

‘सिसिटिभी फुटेज पनि हेरिरहेका छौं। एउटा नोट फेला परेको छ। त्यसको वास्तविकताबारे अनुसन्धान हुँदैछ,’ उनले भने, ‘अरू अनुसन्धान पनि गरिरहेका छौं। मृतक परिवार पनि सम्पर्कमा आउनुभएको छ।’

सिंह उक्त कलेजमा प्लस टू पढ्दै थिए।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)