मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चेपाङ समुदायले घरघरमै मनाए न्वागी

canadanepal.com · Tue Sep 08 07:17:05 GMT 2026

नारायणगढ - चेपाङ समुदायले यस वर्ष आफ्नो प्रमुख सांस्कृतिक तथा धार्मिक पर्व न्वागी (छोनाम) घरघरमै मनाएका छन् । भोटेकोशी क्षेत्रमा आएको बाढीपहिरोका कारण देश शोक र पीडामा रहेकाले विगतका वर्षझैँ सामूहिक तथा औपचारिक कार्यक्रम नगरी परिवार र आफन्तबीच परम्परागत विधिअनुसार न्वागी मनाइएको हो ।

नेपाल चेपाङ सङ्घका अनुसार हरेक वर्ष भदौ २२ गते विशेष रूपमा मनाइने न्वागी यसपटक तडकभडक नगरी मनाइएको छ । सङ्घका केन्द्रीय अध्यक्ष गोविन्दराम चेपाङले देशको विषम परिस्थितिलाई ध्यानमा राख्दै सामूहिक कार्यक्रम नगर्ने निर्णय गरिएको बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)