नागोयामा एसियाली सुपरस्टारको भिडन्त
annapurnapost.com · Tue Sep 08 07:16:53 GMT 2026
काठमाडौं : एसियाली खेलकुदको महाकुम्भ मानिने २०औं संस्करण सुरु हुन अब केही दिन मात्र बाँकी छ। जापानको आइची प्रिफेक्चर र नागोया सहरमा सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म आयोजना हुने एसियाली खेलकुदमा एसियाका उत्कृष्ट खेलाडीहरूबीच पदकका लागि रोमाञ्चक प्रतिस्पर्धा हुँदैछ। ४५ देश तथा क्षेत्रका ११ हजारभन्दा बढी खेलाडी सहभागी हुने प्रतियोगितामा ४३ खेल र ७१ विधामा १,४०७ पदकका लागि प्रतिस्पर्धा हुनेछ।
जापानले सन् १९५८ को टोकियो र १९९४ को हिरोसिमापछि तेस्रोपटक एसियाली खेलकुद आयोजना गर्दैछ। आयोजकले प्रतियोगितालाई ‘इमाजिन वान एसिया’ भन्ने नारासहित एसियाली एकता, मित्रता र खेलकुदको उत्सवका रूपमा अघि बढाएको छ। यसपटकको आकर्षण केवल पदक तालिका वा आयोजक जापानको प्रदर्शनमा मात्र सीमित छैन। विश्वस्तरमा आफ्नो नाम बनाइसकेका खेलाडीहरू नै मैदानमा उत्रिने भएकाले नागोया खेलप्रेमीका लागि विशेष गन्तव्य बन्ने देखिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)