आधारभूत अस्पताल निर्माण शुरू
abhiyandaily.com
बाँके । बाँकेको जानकी गाउँपालिकाले १५ शøयाको आधारभूत अस्पताल निर्माण शुरू गरेको छ । जानकी–४ खजुराखुर्दमा अस्पतालको भवन निर्माण शुरू गरिएको गाउँपालिकाका कार्यवाहक अध्यक्ष भूमिसरा धितालले जानकारी दिए । गाउँपालिकामा जनतालाई पायक पर्ने स्थानमा स्वास्थ्य सेवा लिन पाउने अधिकारको सुनिश्चितताका लागि अस्पताल निर्माण गर्न लागिएको उनले बताए । हरेक नागरिकलाई सुलभ र नि:शुल्क स्वास्थ्य सेवा दिनु स्थानीय र संघीय सरकारको कर्तव्य भएकाले अस्पताल निर्माण गरिएको जानकारी दिँदै उनले अस्पतालबाट नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा पाउने आफूले विश्वास लिएको बताए ।
दुई वर्षमा १५ शय्याको आधारभूत अस्पताल निर्माण सम्पन्न गर्ने गरी माघ २३ गते निर्माण कम्पनीसँग सम्झौता गरिएको प्रमुख प्रशासकीय अधिकृत बसबहादुर रानाले जानकारी दिए । उक्त अस्पताल निर्माणको जिम्मा भरतपुर चितवनको हिम सगरमाथा/अनक जेभीले पाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)