मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

प्रधानसेनापति शर्मा आज चीन जाँदै

annapurnapost.com · Fri Oct 27 00:10:52 GMT 2023

काठमाडौं : प्रधानसेनापति प्रभुराम शर्मा आज चीन भ्रमणमा जाँदै छन्। चिनियाँ जनमुक्ति सेनाको निमन्त्रणामा प्रधानसेनापति शर्मा चीन जान लागेका हुन्। प्रधानसेनापति शर्मा आज चीन गएर १६ गते स्वदेश फर्किनेछन्।

चीनमा रहेका बेला उनले सैनिक सहायता, सैन्य तालिमलगायत विषयमा छलफल गर्नेछन्। नेपाली शन्ति मिसनका लागि हतियारलगायत मिसनलाई आवश्यक पर्ने सैन्य सामग्रीहरू चीनबाट खरिद गर्ने नेपाली सेनाले तयारी गरेको थियो। विभिन्न कारणले उक्त खरिद प्रक्रिया अगाडि बढेको छैन। प्रधानसेनापतिको चीन भ्रमणका बेला सो विषयमा समेत छलफल हुने स्रोतले बताएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)