तीन दिनपछि खुल्यो जुम्ला-मान्म सडकखण्ड
nepalnews.com · Tue Sep 08 07:37:09 GMT 2026

जुम्ला। पहिरोका कारण तीन दिनदेखि अवरुद्ध कर्णाली राजमार्गअन्तर्गतको जुम्ला-मान्म सडकखण्ड सोमबार मध्यरातपछि सञ्चालनमा आएको छ।
शनिबार बेलुकी ७ बजे गएको पहिरोले सडक पूर्ण रूपमा बन्द भएको थियो। सडक डिभिजन कार्यालय जुम्लाका अनुसार सोमबार राति पौने १ बजेदेखि यातायात पुनः सुचारु गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)