बाढीपीडितका लागि मनकामना केबलकारका कर्मचारीको तलब सहयोग
bishowkhabar.com · Tue Sep 08 07:36:22 GMT 2026

काठमाडौं– भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापना कार्यमा सहयोग पुर्याउन मनकामना केबलकारका सम्पूर्ण कर्मचारीले दुई दिनको तलब बराबरको रकम सहयोग गरेका छन् ।
कर्मचारीहरूको तर्फबाट सङ्कलित ३ लाख ११ हजार २२२ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको कम्पनीले जनाएको छ । उक्त रकम एभरेस्ट बैंक लिमिटेडको नयाँ बानेश्वर शाखामा रहेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खातामा जम्मा गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)