शंकर र विष्णुले छोडेपछि सचिवालयमै ओली परे अल्पमतमा
ratopati.com · Sat May 23 13:01:19 GMT 2026

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सचिवालय बैठकमै अल्पमतमा परेका छन् । शनिबार बसेको सचिवालय बैठकमा अध्यक्ष ओलीविरुद्ध महासचिव शंकर पोखरेलसहित उपमहासचिव योगेश भट्टराई लगायतका थप पदाधिकारी खुलेपछि ओली अल्पमतमा परेका हुन । शुक्रबार र शनिबार बोल्ने सचिवालयका १५ पदाधिकारीमध्ये ओलीको पक्षमा खुल्ने उपाध्यक्ष बादल र सचिव महेश बस्नेत मात्र रहेको एक नेताले जानकारी दिए ।
‘हिजो र आज बोलेका १५ जनामध्ये ओलीको पक्षमा स्पष्ट खुल्ने रामबहादुर थापा र महेश बस्नेत मात्र हुनुहुन्छ’, एक नेताले भने, ‘त्यसबाहेक अरू नेताले कुनै न कुनै रूपले अध्यक्षले मार्ग प्रशस्त गर्नुपर्छ भन्ने भनाइ राख्नुभएको छ ।’ उनका अनुसार भोली बोल्नेहरूले पनि अध्यक्षको बचाउ गर्ने अवस्था छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)