मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

महासचिव शंकर पोखरेल पनि खुले पुनर्गठनको पक्षमा

setopati.com · Sat May 23 13:01:51 GMT 2026

नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी यथास्थितिमा चल्न नसक्ने बताएका छन्। शनिबार अध्यक्ष केपी शर्मा ओलीनिवास गुण्डुमा बसेको सचिवालयको आठौं बैठकको तेस्रो दिन धारणा राख्दै उनले पार्टी पुनर्गठन गरेर जानुपर्ने बताएका हुन्।

‘पार्टी आन्दोलन यही अवस्थामा चल्नैन। समग्र पुनर्गठन गरेर जानुपर्छ,’ उनको भनाइ उद्धृत गर्दै एक पदाधिकारीले सेतोपाटीलाई जानकारी दिए।

उनका अनुसार महासचिव पोखरेलले राजीनामा शब्द प्रयोग गरेका थिएनन्। उनले उठाउँदै आएको पुनर्गठनको विषयलाई सचिवालय बैठकमा स्पष्टसँग राखेका थिए।

उपमहासचिव लेखराज भट्टका अनुसार शनिबारको बैठकमा ९ जना पदाधिकारीहरूले आफ्नो धारणा राखेका थिए। बैठक भोलि ११ः३० बजे पुनः अध्यक्ष ओली निवास गुण्डुमा बैठक बस्नेछ।

बैठकमा ४ जना सचिवहरूले धारणा राख्न बाँकी छ।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)

सम्बन्धित विषय