मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रवि लामिछानेकाे बाचा- युवाहरूको आँधीले कोरेको मार्गबाट एक इन्च पनि विचलित हुने छैनौँ

nepalpress.com · Tue Sep 08 07:40:33 GMT 2026

काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले जेन्जी आन्दोलनका क्रममा अङ्गभङ्ग भएकाहरूलाई राज्यले सम्बन्धित परिवारको उचित हेरचाह, घाइतेहरूको पूर्ण उपचार र दीर्घकालीन पुनर्स्थापनाको दायित्व पूरा गर्ने बताएका छन्। आन्दोलनको १ वर्ष पूरा भएको अवसरमा विज्ञप्ति जारी गर्दै उनले आजको दिनलाई नेपाली इतिहासमा एउटा नयाँ जागरणको विस्फोट भएको दिनको रूपमा लिएका छन्।

विज्ञप्तिमा भनिएको छ, ‘राजनीतिमा खासै चासो राख्दैन भनिएको युवा पुस्ता, जब शान्तिपूर्ण रूपमा सडकमा उत्रियो त्यो परम्परागत राजनीतिक शैलीप्रतिको प्रस्ट ’अस्वीकृति पत्र’ थियो। त्यो आन्दोलनले एउटा जबरजस्त सन्देश दियो: यो पुस्ता डिजिटल युगमा हुर्किएको, विश्वव्यापी चेतना बोकेको, स्वाभिमानी र आफ्नै देशभित्र भविष्य खोज्ने पुस्ता हो र यसलाई अब कुशासन मञ्जुर छैन।’

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)