पोखराको मदरल्याण्ड माविका ११ जनाको ४ जिपिए
nagariknews.nagariknetwork.com · Fri Jun 27 16:49:56 GMT 2025

पोखरा महानगरपालिका–७, मासबारस्थित मदरल्याण्ड माविका ११ जना विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (एसइई)–२०८१ को नतिजामा ४ जिपिए ल्याएका छन्। एसइईको नतिजा शुक्रबार बेलुकी प्रकाशित भएको थियो। मदरल्याण्डको यो नतिजा गण्डकी प्रदेशमै उत्कृष्ट रहेको विद्यालयको भनाई छ। अघिल्लो वर्ष मदरल्याण्डका १० जना विद्यार्थीले एसइईमा ४ जिपिए ल्याएका थिए।
विद्यालयका प्राचार्य डा. नारायण बरालका अनुसार यो वर्ष मदरल्याण्डबाट १६६ जना विद्यार्थीले एसइई दिएका थिए। ती मध्ये ११ जनाको जिपिए ४ आएको छ। बरालका अनुसार अभिनव पराजुली, आमन गुरुङ, आरध्ये पौडेल, दिव्या पराजुली, अर्पण पौडेल, विशेष बन्जारा, ऋतिका यादव, ओशन त्रिपाठी, साक्षि भण्डारी, सभ्य मल्ल, र शास्वत रेग्मीले ४ जिपिए ल्याएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)