प्रविधि र नवप्रर्वतन क्षेत्रमा सहकार्य गर्न अध्यक्ष ढकालको आग्रह
baahrakhari.com · Fri Jun 27 17:19:05 GMT 2025

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा चीनको ग्वाङ्दोङ प्रान्तीय युनाइटेड फ्रन्ट वर्क डिपार्टमेन्टका मन्त्री वाङ सीबीच शुक्रबार भेटवार्ता भएको छ । चीनको ग्वाङ्दोङ प्रान्तीय पार्टी समितिका स्थायी समिति सदस्यसमेत रहेका सीसँग महासंघ सचिवालय टेकुमा भेटवार्ता भएको हो ।
भेटका अवसरमा दुवै देशको आर्थिक तथा कूटनतिक सम्बन्ध, व्यापार लगानी तथा सहकार्यका विविध विषयमा छलफल भएको थियो । सो अवसरमा महासंघका अध्यक्ष ढकालले नेपाल र चीनबीच लामो र विश्वासिलो सम्बन्ध रहेको चर्चा गर्दै प्रविधि र नवप्रर्वतनका क्षेत्रमा सहकार्य गर्न आग्रह गरेको उनको सचिवालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)